arrow

कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सभापतिमा सुन्दरमान थिङ विजयी

जिल्ला सभापतिका दुई प्रत्यासी महर्जन र घिमिरे सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
sundarman-thing-lalitpur.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ सभापतिमा  सुन्दर मान थिङ निर्वाचित भएका छन् । थिङले ३५२ र उनका प्रतिद्वन्द्वी रामकृष्ण लामा (इन्द्र)ले २४६ मत पाए ।

सचिवमा मथुरा प्रसाद शर्मा र शेखर न्यौपाने बिजयी भए ।  शर्माले ४१७ मत र न्यौपानेले ३९० मत पाए भने पराजित उम्मेदवार राजकुमार चौलागाईले १९९ र कृष्णकुमार थापाले १५९ मत पाए ।

सहसचिवमा बिजय कुमार लोले ३९७ मत र मनोहर सिलवालले ३७७ प्राप्त गरी विजयी भए । पराजित उम्मेदवार प्रकाश तिमल्सिनाले १९६ मत बद्री प्रसाद ढोडारीले १८८ मत पाए ।

त्यस्तै सोही क्षेत्रबाट ललितपुर जिल्ला सभापतिका प्रत्यासी मीनकृष्ण महर्जन र मथुराप्रसाद घिमिरे पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि विजयी भएका छन् । पूर्वराज्यमन्त्री उदयशमशेर राणा पनि क्षेत्र नम्बर १ बाटै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ