arrow

कांग्रेस पाल्पा क्षेत्र नम्बर २ सभापतिमा मुक्तिराम जिसी विजयी, महाधिवेशन प्रतिनिधिमा को-को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
congress-14th-general-convention111.jpg

काठमाडौं । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् । उनले ४ सय ६० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी यादवसिंह कार्कीले २ सय १४ मत प्राप्त गरे ।

त्यस्तै सचिबमा कृष्णबहादुर आले र टंकनाथ न्यौपाने, सहसचिबमा झपेन्द्र पचभौवा र मानसिंह कुँवर विजयी भएका छन् । अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । त्यहाँ कुल ७ सय ४ मत खसेको थियो ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीर बहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्ण प्रसाद बस्याल ४९०, झपेन्द्र गैरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शंकर रायमाझी ४३०, विधान प्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिना ४२१, रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३ मतका साथ विजयी भएका छन् ।

त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधितर्फ नै आदीबासी जनजाती खुल्लातर्फ राजेन्द्र गोपाल सिंह ५०६, कृष्ण बहादुर राना ४९०, नल बहादुर राना मगर ४८५ मतका साथ विजयी भए। यता दलिततर्फ लक्ष्मण हिताङ ४३७ मत सहित विजयी भएका छन् । 



नयाँ