arrow
ADVERTISEMENT

काठमाडौं ५ मा श्याम खड्का निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
shyam khadka nc 5.jpg

काठमाडौं। प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा श्याम खड्का निर्वाचित भएका छन् । उनी कांग्रेसको संस्थापन समूह अर्थात शेरबहादुर देउवासँग निकट छन् ।

उनलाई अधिवेशनमा कांग्रेस भित्रको कृष्णप्रसाद सिटौला समूहको पनि समर्थन थियो । सो क्षेत्रमा संस्थापन इतर समूहबाट उम्मेदवार बनेका रमेश खड्का भने पराजीत भएका हुन् ।

यसैगरी सो क्षेत्रमा सचिव पदमा रजनी थापा र पन्चुकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । थापा खड्का समूहबाटै सचिव निर्वाचित भएकी हुन् ।

निर्वाचन समितिले प्राप्त मत परिणाम भने घोषणा गरिसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ