arrow

काठमाडौं ४ मा श्याम संगत सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
shyam sangat nc 4 ktm.jpg

काठमाडौं। नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा श्याम संगत सर्वसम्मत सभापति निर्वाचित बनेका छन् ।

काठमाडौं ४ नेता गगन थापाको निर्वाचन क्षेत्र हो । त्यहाँ संगतसहित थापा निकट नै रहेका इन्द्र थापा क्षेत्रीय सभापतिमा उम्मेदवार थिए । तर अन्तिममा थापाले संगतलाई समर्थन गरेका हुन् ।

सो क्षेत्रमा सचिव पदका लागि पनि सहमतिको प्रयास भइरहेको छ। त्यहाँ सचिवका लागि प्रवेश लामिछाने, श्याम डोटेल र बद्री भट्टराईले उम्मेदवारी दिएका छन् ।

यसैगरी कार्यसमितिका अन्य सदस्यहरुसहित महाधिवेशन प्रतिनिधिहरुमा पनि सो क्षेत्रमा सहमतिको प्रयास भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ