arrow

राजधानीको कांग्रेस राजनीति

काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रमा मतदान जारी, क्षेत्र २ मा पुनः गणनाको माग

परिणाम आएका चार क्षेत्रमध्ये तीनमा सिंह-गगन हाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
congress-14th-general-convention111.jpg

काठमाडौं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज पनि जारी छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कार्यसमिति चयन गर्नेदेखि महाधिवेशन प्रतिनिधि चुन्नेसम्मको प्रक्रियाका लागि काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा अहिले मतदान जारी रहेको हो ।

काठमाडौंका निर्वाचन अधिकृत नरहरी आचार्यका अनुसार अहिले काठमाडौंको १, ३, ६, ९ र १० निर्वाचन क्षेत्रमा मतदान जारी छ। काठमाडौं २ मा सोमबार राति अबेर मतदान सकिए पनि गणनामा विवाद भएपछि पुनः गणनाको माग भइरहेको छ। सो क्षेत्रमा कबिर शर्मा फुँयाल र अर्जुन पराजुली क्षेत्रीय सभापतिको उम्मेदवार छन्। त्यहाँ ५२४ मत खसेको छ भने जम्मा ६ मत खसेको छैन ।

सो क्षेत्रमा सभापतिका उम्मेदवार बनेका फुँयाल कांग्रेसको संस्थापन समूहसँग निकट छन भने पराजुली पूर्व महामन्त्री प्रकाशमान सिंह र गगन थापासँग निकट छन् । यसैगरी काठमाडौंका चार वटा निर्वाचन क्षेत्रमा भने परिणामसमेत आइसकेको छ ।

जसअनुसार काठमाडौं क्षेत्र नम्बर ४ मा श्याम संगत सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका छन् । सो क्षेत्र नेता गगन थापाको निर्वाचन क्षेत्र हो । त्यहाँ संगतसहित थापा निकट नै रहेका इन्द्र थापा क्षेत्रीय सभापतिका उम्मेदवार थिए । तर थापाले संगतलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि संगत सर्वसम्मत सभापति बनेका हुन् ।

यस्तै काठमाडौं ५ मा श्याम खड्का क्षेत्रीय सभापति बनेका छन्। उनी कांग्रेस भित्र संस्थापन समूह निकट मानिन्छन् । 
यसैगरी काठमाडौं ७ मा सोमबार नै मुकुन्द रिजाल क्षेत्रीय सभापति निर्वाचित बनेका थिए। उनी कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निकट हुन्।

यस्तै काठमाडौं ८ मा राजेश श्रेष्ठ सभापति निर्वाचित भइसकेका छन् । उनीसमेत सिंह निकट नै हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ