arrow

सांसद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित, जिल्ला सभापतिका दुई दाबेदारले पाए सर्वाधिक मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
congress-sanghyaa.jpg

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य भएका मोहन प्रसाद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

खुलातर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी ४७९ मत सहित १२ औं स्थान सिमित रहे। खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा १० जना निर्वाचित हुने प्रावधान छ।

जिल्ला सभापतिका दाबेदार भागवत प्रकाश मल्ल भने सोही क्षेत्रबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन्। गण्डकी प्रदेश सासंद समेत रहेका मल्लले खुलामा ८५२ मतसहित बिजयी भएका हुन् ।

जिल्ला सभापतिकै अर्का दाबेदार राजु थापाले पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । थापाले १०१२ मत मध्ये ८२३ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ