तारानाथ रानाभाट, केसी र थापासहित १४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
1k
Shares
पोखरा ।नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ बाट १४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट, कास्की जिल्ला सभापति कृष्ण केसी, पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापासहित १५ जना नेता केन्द्रीय प्रतिनिधिमा चयन भएका हुन् ।
केन्द्रीय प्रतिनिधिमा सुदीपमोहन भट्टराई, विकास लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बस्याल, तिलक रानाभाट, गिरीराज गौतम र शिरोमणि लामिछाने पनि निर्वाचित भएका छन् ।
यसैगरी केपिला रानाभाट, संज्ञा पोखरेल पौडेल, माया बराल र निशा ठकुरी पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।