arrow

नेपाली काँग्रेस कास्की-३ को सभापतिमा मनोज गुरुङ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Manoj Gurung Nepali congress.jpg

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ को सभापतिमा मनोज गुरुङ विजयी भएका छन् ।

प्रतिस्पर्धी खीमलाल बास्तोलालाई पराजित गर्दै गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

पार्टीको १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा गुरुङले ३८३ र बास्तोलाले ३१८ मत प्राप्त गरेका थिए । 

यसै गरी पार्टीको सचिव पदमा मोखबहादुर तामाङ ३४३ र लक्ष्मी प्रसाद पौडेलले ३२७ मत प्राप्त गरी विजयी भए ।

सचिवमा प्रतिस्पर्धा गरेका भरतबहादुर केसीले ३११ र राजाराम पौडेलले ३०५ मत प्राप्त गरे । 

यस्तै, सहसचिवमा शीतल अधिकारीले ३६५ र आइन्दल गुरुङले ३३४ मत प्राप्त गरी विजयी भए भने महेशकुमार तिमिल्सिनाले २९५ र धरमबहादुर लामिछानेले २८५ मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ