विवादका कारण स्थगित काँग्रेस कपिलवस्तुको निर्वाचन मङ्सिर ८ मा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
643
Shares
कपिलवस्तु । काँग्रेस कपिलवस्तुको स्थगित प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन बुधवार हुने भएको छ । मङ्गलवारका लागि तय गरिएको निर्वाचन दुई पक्षीय विवादका कारण स्थगित गरिएको थियो ।
क्षेत्र नम्बर १ को मतदान स्थल र ३ को उम्मेदवार विरुद्ध उजुरी परे पछि विवाद भएको थियो । जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्यले ३ वटै निर्वाचन क्षेत्रको निर्वाचन मङ्सिर ८ गते बिहान ९ बजेबाट हुने बताए ।
क्षेत्र नम्बर १ को मतदान स्थल कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा गर्ने तथा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिका दुबै उम्मेदवारको उम्मेदवारी कायम रहने गरी सहमति भएको पार्टी सभापति आचार्यले बताए ।