arrow

अखिलका विद्यार्थी नेताको दुर्घटनामा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
dead2.jpg

तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका-१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा मंगलवार अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ ।

गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका-४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए । 

मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक थिए । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र बसको चालकलाई नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ