arrow

कांग्रेस पाँचथर सभापतिमा रुपनारायण जवेगु विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
rupnaryan-jabegu1.jpg

काठमाडौं । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्ला सभापति रुपनारायण जवेगु विजयी भएका छन् ।

जवेगुले ६३४ मत ल्याए भने उनका प्रतिस्पर्धी सुरेन्द्र कुमार दाहालले ४१६ मत प्राप्त गरे । जबेगु यसअघि पार्टी सचिब थिए । पाँचथरमा १०७७ मत खसेको थियो ।

त्यस्तै उपसभापतिमा डिकेन्द्र चेम्जोङ र बृजहांङ आङदेम्बे, सचिवमा दिपक नेपाल र डेकेन्द्र कुमार तामाङ विजयी भए । सहसचिबमा गजेन्द्र राई र सन्तोस श्रेष्ठ विजयी भए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ