arrow

काँग्रेस महाधिवेशनः कास्की-३ बाट २४ जना प्रतिनिधि निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
Kaski 3.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ बाट २४ जना महाधिवेशन प्रतिनिधि विजयी भएका छन् । कास्की ३ मा २४ जना महाधिवेशन प्रतिनिधि पदका लागि ४३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

जसमा कास्की कांग्रेसका सम्भावित दुई उम्मेदवार पनि विजयी भएका छन् । यसैगरी पूराना नेता खेमराज पौडेलले सर्वाधिक मत प्राप्त गरी विजयी भएका छन् । कास्की कांग्रेसका उपसभापति आइबहादुर गुरुङ र निवर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।  

यस्तै, संविधानसभा सदस्य शारदा पौडेल, कांग्रेसका पूराना नेताहरु महादेव गुरुङ, रामचन्द्र त्रिपाठी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र ट्रेड युनियन कांग्रेस कास्कीकी पूर्वअध्यक्ष कूलदेवी बराल पनि कांग्रेको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन् ।

यसैगरी महाधिवेशन प्रतिनिधिमा सीता अधिकारी, हीरा भट्टराई, डा. कृष्णप्रसाद पौडेल, दीपक गुरुङ, बाबुराम आचार्य,  जुनाकुमारी जिसी, ई. विद्या बराल, विष्णुबहादुर क्षेत्री, भरतबहादुर अधिकारी, टेकन शोभा गुरुङ, सीता गुरुङ, आशबहादुर गुरुङ, खुशीमान गुरुङ, राजकुमारी परियार र उदयकुमार नेपाली निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ