arrow

सभापतिमा पाँच जनाबीच भिडन्त, बहालवाला देउवा पहिलो चरणबाटै बाहिरिए 

logo
प्रकाश बम, 
प्रकाशित २०७८ मंसिर ८ बुधबार
congress-14th-general-convention1111111.jpg

डोटी । नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको पहिलो चरणको निर्वाचनबाटै वर्तमान सभापति बाहिरिएका छन् । प्राप्त परिणामअनुसार वर्तमान सभापति प्रदीपकुमार देउवाले पहिलो चरणको निर्वाचनमा तेस्रो धेरै अर्थात् २१४ मात्रै मत ल्याउन सफल भएका छन् । 

यहाँ पहिलो चरणको निर्वाचनमा खसेको १ हजार ८७ मतमध्ये सबैभन्दा धेरै ३८५ नरेन्द्रबहादुर सिंहले ल्याएका छन् । त्यसपछि दोस्रो धेरै ३४२ मत भूमिराज बडूले पाएका छन् । तेस्रो मत ल्याएका वर्तमान सभापति देउवा पहिलो चरणबाटै बाहिरिएका हुन् ।

त्यस्तै चौथोमा नरबहादुर ढाँटले ९१ मत र पाँचौ स्थानमा रहेका टेक ओझाले ३४ मतमात्र प्राप्त गरेका हुन् ।

अब दोस्रो चरणमा पहिलो धेरै ल्याएका सिंह र दोस्रो धेरै ल्याएका बडुबीच प्रतिस्पर्धा हुने भएको छ। यहाँ अब तेस्रो भएका देउवा, चौथो भएका ढाँट र पाँचौँ भएका  ओझाको साथ लिन सक्नेले एक जनाले नयाँ सभापति बन्न सक्ने सम्भावना छ। 

कुल मतमा  ४८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ