इलाम कांग्रेसको क्षेत्रीय सभापतिमा समशेर राई र डिकेन्द इदिङ्गो विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलामको क्षेत्रीय सभापतिमा समशेर राई र डिकेन्द इदिङ्गो विजयी भएका छन् ।
इलाम क्षेत्र नं.१ को सभापतिमा राई र क्षेत्र नं.२ मा इदिङ्गो विजयी भएका हुन् । विजयी दुवै जना गाउँपालिका अध्यक्ष पनि हुन् ।
क्षेत्र नम्बर १ मा खसेको ७११ मतमध्ये राईले २४७ मत ल्याएर सभापतिमा विजयी बनेका हुन । सभापतिका अरु तीन प्रतिस्पर्धी भिष्म प्रधानले दुई सय १४ मत प्राप्त गरे दुर्गा बरालले एक सय ९७ मत र मिलन क्षेत्रीले २१ मत ल्याए ।
सचिवमा २५४ मतसहित राजकुमार लिम्बु सेरेङ र २३१ मत सहित यामन लामा बिजयी बनेका छन । यस्तै सहसचिवमा ३१० मतसहित प्रज्वल भट्टराई र २६६ मतसहित बुघराज लिम्बु विजयी भए ।
यता, क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा ४३२ मत प्राप्त गरि इदिङ्गो बिजयी भएका हुन् । अर्का प्रतिस्पर्धी नुतनदेव दुलालले २९८ मत प्राप्त गरे । यस्तै तेस्रोमा नरेश श्रेष्ठले १८८ र चौथोमा मनकुमार बुढाथोकीले ७४ मत ल्याए ।
यस्तै सचिवमा सुवास घिमिरे र वविन धनकुमार राई सहसिचवमा खोम खतिवडा र अम्विका चौहान विजयी भएका छन् । १ हजार ६५ मतदाता रहेको २ नम्बर क्षेत्रमा १ हजार ४८ मत खसेको थियो । अब इलाममा जिल्ला अधिवेसन यही १० गते हुनेछ ।