arrow

नेता पोषनाथ शर्मा कास्की कांग्रेसको सभापतिमा लड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
poshnath sharma.jpg

पोखरा । नेपाली कांग्रेसका नेता पोषनाथ शर्माले कास्की कांग्रेसको सभापतिमा चुनाव लड्ने भएका छन् । कास्की क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधि जितेका शर्माले आफू कास्की कांग्रेसको सभापतिमा चुनाव लड्ने बताए ।

उनले आफू सभापति बनेर कांग्रेसलाई बलियो पार्टी बनाउने उल्लेख गरे । उनी निवर्तमान क्षेत्रीय सभापति एवं कास्की कांग्रेसका पूर्व सचिव हुन् । 

कांग्रेसप्रति युवाको आकर्षण बढेको उल्लेख गर्दै नेता शर्माले युवाको भावनालाई कदर र अग्रजलाई सम्मान गर्दैै पार्टी सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

कास्की कांग्रेसको महाधिवेशन मंसिर १० गते हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ