arrow

कांग्रेस नेता देवराज चालिसे प्रदेश सभापतिमा लड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
Devraj Chalise.jpg

पोखरा । नेपाली कांग्रेसका नेता देवराज चालिसे नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा लड्ने भएका छन् ।कांग्रेसभित्र प्रभावशाली एवं वैचारिक व्यक्तित्वका रुपमा परिचित चालिसेले आज उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।

कास्की-२ बाट महाधिवेशन प्रतिनिधि जितेका चालिसे गत निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि लडेका थिए । नेता चालिसेले पार्टीलाई वैचारिक र सांगठिनक रुपमा बलियो कांग्रेस बनाउन प्रदेश सभापतिमा उम्मेद्वारी दिने बताए ।

नेपाली कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६-१७ गते हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ