arrow

क्रिकेट संघका अध्यक्ष चन्द कांग्रेस बैतडीका सभापति, यस्तो छ जिल्लाको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
chatur-b-chand-new.jpeg
तस्वीर–फाइल ।

बैतडी । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन् । सभापतिमा चन्दले ८०९ मत प्राप्त गरे । 

उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । चन्द नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसमेत हुन् । 

यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए । अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भए । उपसभापतिमा चन्द प्यानलका रमेशदत्त पाण्डे ६०८ र भट्ट प्यानलका हरिसिंह धामी ५५२ मत ल्याएर पराजित भए । 

यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत प्राप्त गरे । सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिए । 

सो पदमा पराजित भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत ल्याए । एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ