arrow
ADVERTISEMENT

काठमाडौं ६ को सभापतिमा दोस्रो पटक श्याम खड्गी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
shyam nc 6.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ६  बाट १८८ मत प्राप्त गर्दै श्यामकृष्ण खड्गी निर्वाचित भएका छन्। उनी यसअघि पनि सो क्षेत्रको क्षेत्रीय सभापति थिए ।

मंगलबार भएको निर्वाचनमा खड्गीले कृष्णमान श्रेष्ठलाई ९ मतले पराजीत गरेका हुन् । विजयी बनेका खड्गी सो क्षेत्रका सांसद भीमसेनदास प्रधान निकट हुन् भने पराजीत श्रेष्ठ कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

सो क्षेत्रबाट सचिव पदमा भने श्रेष्ठ प्यानलका उम्मेदवार रामशरण पाण्डे र उत्तम अधिकारी निर्वाचित बनेका छन् । खड्गी समूहबाट भने सचिव पदमा सुमन तिवारी र बाबुराम प्रधानाङ्ग उम्मेदवार बनेका थिए।

सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेकाहरुको भने अन्तिम परिणाम आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ