arrow

दिवानले यसरी राखे कञ्चनपुरमा वर्चस्व कायम

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ मंसिर ८ बुधबार
diwan-sing-bista.JPG
दिवान विष्ट

 कञ्चनपुर । पेचिलो राजनीतिक दाउपेचलाई निस्तेज पार्दै जिल्लाको काँग्रेस राजनीतिमा पूर्व सांसद दिवान विष्ट आफूलाई स्थापित गराउन सफल भएका छन् ।

आफ्नै समूहका प्रभावशाली नेता दिलेन्द्र बडूको असहयोग हुँदाहुँदै पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पनि कञ्चनपुर १ मा आफ्नो वर्चस्व कायमै राखेर जिल्ला राजनीतिमा संस्थापन इतर समूहका काँग्रेस नेता दिवान विष्ट बलियो गरि स्थापित भएका छन् ।

संस्थापन इतर समूहका प्रभावशाली नेता दिलेन्द्र बडू र संस्थापन पक्षका प्रभावशाली नेता रमेश लेखक समूहको कडा घेराबन्दीलाई निस्तेज पार्दै नेता विष्टले आफूलाई जिल्ला राजनीतिमा मियोका रूपमा स्थापित गराएका छन् । 

यद्यपि नेता विष्ट कोइराला निकट भए पनि उनलाई असफल पार्न कोइराला पक्षकै विश्वासपात्र मानिने सुदूरपश्चिमका प्रभावशाली नेता दिलेन्द्र बडूको समेत असहयोग र घेराबन्दी रह्यो । 

नेता बडूसँग विगतमा भने राम्रो सम्बन्ध रहेका विष्टले १४ औँ महाधिवेशनमा भने उनको साथ पाएनन् । आफ्नै समूहका नेताले आफ्ना कार्यकर्तालाई संस्थापन पक्षका नेता रमेश लेखकलाई सघाउन निर्देशन दिए पछि नेता विष्टले कञ्चनपुरमा संस्थापन पक्षकै प्रभावशाली अर्का नेता एनपी साउदको भने साथ सहयोग पाए । 

 संस्थापन पक्षका नेता साउदको साथ पछि क्षेत्रमा बलियो बनेका नेता विष्टको समूहले संस्थापन पक्षकै अर्का प्रभावशाली नेता लेखकको समूहलाई नराम्ररी पराजित गर्न सफल बन्यो । 

यस अघि सधैँ जिल्लाको राजनीतिको मुख्य पात्र सदरमुकाम र केन्द्रका प्रभावशाली नेताहरू रहँदै आए पनि १४ औँ महाधिवेशनबाट भने जिल्ला राजनीतिमा दक्षिणी क्षेत्रबाट जिल्ला राजनीतिमा दिवान उदाएका हुन । 

जिल्लामा संस्थापन इतर समूहका नेता विष्टले संस्थापन समूहका प्रभावशाली नेता रमेश लेखकको प्रभाव र सङ्गठन भत्काउन संस्थापन पक्षकै प्रभावशाली अर्का नेता एनपी साउदको सहयोग पाएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेता विष्टलाई असफल पार्न संस्थापन इतर समूहकै प्रभावशाली नेता दिलेन्द्र बडू निकट कार्यकर्ताले लेखक समूहलाई बलियो बनाउन खटे पनि सफल भने बन्न सकेनन् ।

इतर समूहकै नेता दिवानले भौगोलिक कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा बाट तर्सिएका नेता बडूले आफ्नै समूहका नेता विष्टलाई असफल पार्न लेखक समूहलाई सघाएको हुन सक्ने चर्चा राजनीतिक वृत्तमा यतिबेला हुन थालेको छ । 

कञ्चनपुरमा विकसित पछिल्लो राजनीतिक समीकरणका कारण जिल्ला राजनीतिमा दिवानको प्रभाव बलियो बन्न पुगेको छ । 

विष्ट-साउदको सहकार्यका कारण विगतमा जिल्लाको राजनीतिमा बलिया देखिएका नेता लेखक १४ महाधिवेशनमा भने कमजोर बन्न पुगेका छन् । यद्यपि नेता लेखकले बडू पक्षीय कार्यकर्ताको साथ पाएकै हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ