- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । यसअघि एक पटक स्थगित भइसकेको जिल्ला अधिवेशन मंगलबार बोलाइएको थियो । अधिवेशनमा सहभागी हुन सबै प्रतिनिधिहरु भेला भइसकेपछि अचानक अधिवेशन स्थगित गरिएपछि कांग्रेसका अधिकांश कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।
राप्रपाबाट कांग्रेस प्रवेश गरी सभापति शेरबहादुर देउवाबाट सहमहामन्त्रीमा मनोनित गरिएका सुनिलबहादुर थापाले आफ्नो प्यानल नजित्ने अवस्था आएपछि सभापति देउवालाई हस्तक्षेप गर्न लगाई अधिवेशन स्थगित गरेको सभापतिका प्रत्यासी कमोटकुमार फागो पक्षले आरोप लगाएको छ ।
आमन्त्रिक केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ र थापा पक्षका उम्मेदवार जित्ने अवस्था नबनेपछि दिउँसो अचानक निर्वाचन समिति मार्फत् अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए ।
इतिहासमै पहिलो पटक धनकुटाले सहमहामन्त्री पाएको र उनै सहमहामन्त्री थापाको गैर जिम्मेवार कदमले पार्टीमा लोकतान्त्रिक अभ्यास हुन नदिएको भन्दै सो कार्य तत्काल नसच्याए संस्थापत पक्ष विरुद्ध आन्दोलनमा जानेबारे छलफल भइरहेको पार्टीका निवर्तमान क्षेत्रीय सभापति एवं महासमिति सदस्य नेतृ इन्दिरा थापाले बताइन् ।
नेतृ थापाका अनुसार आजै तत्काल मिति तोक्नका लागि दवाव दिने उद्देश्यले कांग्रेसका स्थानीय नेताहरु सहमहामन्त्री थापाकोमा डेलिकेशन जाने तयारीमा छन् । पार्टीको जिल्ला सभापतिका लागि कोइराला समूहबाट कमोटकुमार फागो मैदानमा उत्रिएका छन् । उनी पुरानो संस्थापन निकट रहेको र यसअघि सभापति पदमा झिनो मतले पराजित भएका थिए ।
अधिवेशन स्थगित भएपछि सभापतिका प्रत्यासी फागो पक्षले जारी गरेको यस्तो छ विज्ञप्ति –