कांग्रेस जुम्ला सभापतिमा देउवा पक्षका कर्ण शाही चार मतले विजयी, बाँकी कार्यसमिति पौडेलका
मोहन बिक्रम शाही,
प्रकाशित २०७८ मंसिर ८ बुधबार
741
Shares
जुम्ला । नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षका कर्ण शाही विजयी भएका छन् । उनले पौडेल पक्षका दिपबहादुर शाहीलाई ४ मतको अन्तरले पराजित गर्दै सभापतिको कुर्सीमा बस्ने अवसर पाएका हुन् ।
जिल्ला कार्यसमितिको उपसभापतिमा पौडेल पक्षका दिपक शाही र कार्मा बुढा, पौडेल पक्षकै अर्जुन सिंह कठायत (गोल्डेन) र लक्ष्मण शाही विजयी भएका छन् ।
सहसचिव सहित सबै पदमा पौडेल पक्षकै विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिको मतगणनाको परिणाम भोलिसम्म आउने निर्वाचन समितिले जानकारी दिएको छ।