- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सन्धिखर्क । केशव श्रेष्ठ नेपाली कांग्रेसको अर्घाखाँची जिल्ला सभापति बन्न सफल भएका छन् । उनले दुई प्रतिस्र्पीहरु इन्द्रमणि पौडेल र यादवप्रसाद घिमिरेलाई पछि पार्दै सभापतिमा बाजी मारेका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनबाट नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । सभापतिको लागि तीन जना उम्मेदवार रहेकामा श्रेष्ठ ७३१ मतसहित विजयी भएका हुन् । पौडेलले ३५२ तथा घिमिरेले ३०९ मत प्राए ।
मतगणनामा २७ मत बदर भएको थियो । कुल १ हजार ४३८ प्रतिनिधिमध्ये १ हजार ४२१ जनाले मतदान गरेका थिए । मंगलबार राति ९ बजे मतदान सकिएपछि राति ११ बजेपछि नै मतगणना शुरु भएको थियो ।
अन्य पदाधिकारीको मतगणना हुँदैछ ।