arrow
ADVERTISEMENT

काँग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा राणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
nepali-congress-flag-tree00.jpg

काठमाडौँ ।  नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गराएको हो । 

सभापतिबाहेक अन्य पदमा निर्वाचन भएको काँग्रेस काठमाडौँ क्षेत्र नं १ का नेता सुरजचन्द्र लामिछानेले जानकारी दिए । निर्वाचनबाट सचिवमा राकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल र सुदिपमान डङ्गोल विजयी भएका छन् । 

महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, प्रबल थापा, कुश ढकाल, लीलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ, मोहनकुमार राई, हीरालाल तण्डुकार, डा सुरज काफ्ले र आदर्शविक्रम कार्की निर्वाचित भएका छन् ।

 महिला खुलातर्फ इन्दु थापा, कल्याणी रिजाल, शान्ता ढकाल र रेणु भट्टराई, खस आर्य महिलातर्फ अम्बिका सुवेदी र भगवती खड्का, जनजातितर्फ शम्भु तामाङ, अर्जुन राना र रवि सिंह, दलितमा कुवेर रम्तेल, अल्पसङ्ख्यकमा कुल सुनुवार र मधेसी महिला सम्झना उप्रेती रौनियार विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ