arrow

पाँचथरमा कांग्रेस सभापतिमा जवेगु

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७८ मंसिर ८ बुधबार
panchthar-congress-jabegu.jpg

पाँचथर । नेपाली कांग्रेस पाँचथरको १४ औं अधिवेशनबाट रुपनारायण जवेगु सभापति पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्रकुमार दाहाललाई २१८ मतको फराकिलो मतले पछि पार्दै जवेगु विजयी भएका हुन् । 

जवेगुलाई ६ सय ३४ मत प्राप्त हुँदा दाहाललाई ४ सय १६ मत मात्रै प्राप्त भएको थियो । यस्तै उपसभापतिद्धयमा वृजहाङ आङदेम्बे र डिकेन्द्र कुमार चेम्जोङ विजयी भएका छन् । उनीहरुले क्रमशः  ६२५ र ४५१ मत प्राप्त गरेका छन् । 

यसैगरी सचिवमा दिपक नेपाल ५२७ मत ल्याएर विजयी भएका छन् । डेकेन्द्र तामाङले ४७० मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै सहसचिवमा सन्तोष श्रेष्ठले ६०८ मत र जवेगु प्यानलबाट गजेन्द्र राईले ४९९ मत ल्याए । 

यस्तै समावेशी र भूगोलतर्फबाट गरी जिल्ला सदस्यहरु देउकुमार योङहाङ, विमला हाङसरुम्बा, रमेशभगत प्रधानांग, दिला खेवाङ, मविन्द्र योङया, विरेन्द्रकुमार शेर्मा, लिला राई, मनकुमारी शेर्मा, गोविन्दबहादुर फुयाल, राजकुमार नेम्बाङ, चन्द्रकुमार आङदेम्बे, गणेशप्रसाद पोख्रेल, धनकुमार लावती, विजयहाङ आङदेम्बे, शशीराज आङदेम्बे विजयी भएका हुन् । 
यी हुन् महाधिवेशन प्रतिनिधि
यस्तै केन्द्रीय महाधिवेशनतर्फ कौशिला गुरुङ, गंगामाया थेगिम आङदेम्बे, जनीमाया थापा मगर, देशु सुहाङ, ओनाहाङ नेम्बाङ, केदारनाथ बास्कोटा, गंगाबहादुर आङदेम्बे, चन्द्र सुन्दर खेवाङ, छवि बास्कोटा, नरेन्द्रकुमार केरुङ, पूर्णकुमार तुम्बापो, मित्रप्रसाद काफ्ले, विरेन्द्रकुमार खड्का, सुमन लामा, कान्ता रिजाल, गोपालप्रसाद पोख्रेल, आशा आङदेम्बे, देवित्राकुमारी आङदेम्बे, मधु जवेगु, डिबी गुरुङ, ताराहाङ तावा, बमप्रसाद लावती, हरिराज आङदेम्बे, विमल धमला निर्वाचित भएका छन् । 
 



नयाँ