arrow

कांग्रेस नेता पौडेलद्धारा प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
Raghunath Poudel.jpg

तनहुँ । नेपाली कांग्रेसका पुराना नेता रघुनाथ पौडेलले पार्टीको गण्डकी प्रदेश समितिमा उम्मेदवारी घोषणा गरेका छन् । तनहुँ १ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका पौडेलले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०२४ सालदेखि पार्टीको सक्रिय राजनीति शुरु गरेका नेता पौडेलले २०२८ सालमा सन्तनेता कृष्णप्रसाद भट्टराईसंगै जेल परेका थिए । 

महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचालन गर्न, तदर्थवादमा चलेको नेपाली कांग्रेसको पार्टीको संगठनलाई विधानसम्मत ढंगले सञ्चालन गर्न पार्टीको विविध विभागहरुको गठन यथाशीघ्र गठन गर्न आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । 

नेता पौडेलले भातृ संगठनका पदाधिकारी एवं कार्यकर्तालाई पार्टीको इतिहास, नीति तथा सिद्धान्त तथा पार्टी सरकारमा हुँदा सम्पन्न गरेका कार्यहरुको प्रचार प्रसार गर्न सक्ने कार्यकर्ता एवं प्रशिक्षक तयार पार्न, विपक्षी दलका कार्यकर्तासंग आफ्ना कार्यकर्तालाई सैद्धान्तिक बहस गर्न सक्ने बनाउन, आफ्नो पार्टी सरकारमा हुँदा गरिएका राम्रा कामहरुको तथ्यांक तयार पारी सार्वजनिक गर्न, विपक्षी दलका नेता तथा कार्यकर्ताबाट गरिएका हावादारी कुराहरु र भ्रष्टाचारलाई भण्डाफोर गर्न सक्ने कार्यकर्ता बनाउन पनि आफूले पार्टीको नेतृत्व लिन चाहेको उनले उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ