arrow

बागलुङ क्षेत्र नं १ : खडकबहादुरलाई चार मतले पराजित गर्दै शर्मा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
congress-14th-general-convention1111111.jpg

बलेवा । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन् । 

शर्माले ५५४ मत प्राप्त गरेका छन् भने थापाले ५५० मत मात्रै प्राप्त गरे । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् । 

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुल्ला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । 

खस आर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खस आर्य खुल्ला सदस्यमा उमाकान्त पौडेल, नारायण शर्मा पौडेल र विष्णु शर्मा दारी विजयी भए । 

आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुल्लामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जिते । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुल्ला सदस्यमा सीताराम रसायली विजयी भए । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ