arrow

काँग्रेस नवलपुर क्षेत्र नं १ मा भट्टचन विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
amrit-bhattachan.PNG

कावासोती । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन विजयी भएका छन् । भट्टचनले  कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडि पार्दै आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । 

भट्टचनले ६ सय ७० मत ल्याउँदा पराजुलीको पक्षमा ४ सय ४७ मत परेको हो । भट्टचन रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी प्यानलबाट र पराजुली डा. शशाङ्क कोइरालाको प्यानलबाट निर्वाचनमा होमिएका थिए । 

यस्तै, २-२ पद रहेको सचिव सह-सचिवमा भने मिश्रित परिणाम आएको छ । सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भएका छन् । श्रेष्ठ कोइराला र सापकोटा जिसी प्यानलबाट सचिवमा निर्वाचित भएका छन् । 

सहसचिवमा पनि दुवै प्यानलबाट एक-एक जना आएका छन् । जिसी प्यानलका टीकाराम सापकोटा  र कोइराला प्यानलका तेजप्रसाद घिमिरे सह सचिवमा निर्वाचित भएका छन् । 

२२ सदस्यीय कार्य समितिको सदस्यहरूमा मिश्रित परिणाम आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ