- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्लाको नेतृत्वका लागि झापामा सभापति लगायत अन्य पदमा कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा समर्थित दुई समूहको प्यानल चुनावी प्रतिस्पर्धाको मैदानमा होमिने निश्चित भएको छ ।
शर्मा समर्थित सभापति पदका उम्मेदवार राम कट्टेलले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो समूहका पदाधिकारीमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको टुङ्गो लगाएको बताएका हुन् ।
सभापति कट्टेल समूहबाट उपसभापति पदमा केदारशमसेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार हुने निश्चित भएको राम कट्टेल जिताऔं अभियान सचिवालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
त्यस्तै सचिव पदमा विश्व दीप लिङदेन र टोम राजवंशी कट्टेल समूहबाट उम्मेदवार हुने भएका छन् । त्यसै गरी उक्त समूहबाट सह-सचिव पदमा उमाराम प्रसाईँ र पदम लिम्बु उम्मेदवार हुने निश्चित भएको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले बताए ।
त्यस्तै सिटौला समर्थित जिल्ला सभापतिका उम्मेदवार देउमान थेबेले पनि आफ्नो समूहको नामावली घोषणा गरेका छन् । बिर्तामोडमा आयोजित एक चुनावी कार्यक्रममा उनले जिल्लाको चुनावमा उत्रिएका उम्मेदवारहरूको नामावली घोषणा गरेका हुन् ।
घोषणा गरिएको नामावलीमा उपसभापति पदमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिव पदमा कृष्ण हुमागाईँ र नवीन बिमली लाई चुनावी मैदानमा उत्रिएका छन् । त्यसै गरी सह -सचिव पदमा कालेन्द्र राजवंशी र कमल भण्डारी रहेका छन् ।
काँग्रेसको जिल्ला अधिवेशन यही मंसिर १० गते बिर्तामोडको बिर्ता बजारस्थित अनारमनी पब्लिक क्याम्पसमा हुने तय भएको छ । काँग्रेसको जिल्ला निर्वाचनमा जिल्लाका १५ वटा पालिका अन्तरगत रहेका १३१ वटा वडा बाट छानिएका क्षेत्रीय प्रतिनिधि र पालिका तथा वडाका सभापति गरि कूल ३३ सय ३५ जनाले निर्वाचनमा मतदान गर्नेछन् ।