नरेन्द्रबहादुर सिंह डोटी कांग्रेसका जिल्ला सभापति निर्वाचित
प्रकाश बम,
प्रकाशित २०७८ मंसिर ८ बुधबार
1.6k
Shares
डोटी । नरेन्द्रबहादुर सिंह नेपाली कांग्रेस डोटी जिल्लाको सभापतिमा निर्वाचित भएका छन् । बुधबार साँझ आएको मतपरिणामअनुसार भूमिराज बडूलाई पछि पार्दै सिंह सभापति बन्न सफल भएका हुन् ।
खसेको ९८७ मतबाट सिंहले ५६८ मत पाएका थिए । बडूले ३९७ मत पाएका थिए । यसअघि जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको पहिलो चरणको निर्वाचनबाट निवर्तमान सभापति प्रदीपकुमार देउवाले तेस्रो स्थान ल्याएका थिए ।
पहिलो चरणको निर्वाचनमा खसेको १ हजार ८७ मतमध्ये सबैभन्दा धेरै ३८५ सिंहले ल्याएका थिए । दोस्रो धेरै ३४२ मत बडूले पाएका थिए ।
त्यस्तै चौथोमा नरबहादुर ढाँटले ९१ मत र पाँचौ स्थानमा रहेका टेक ओझाले ३४ मतमात्र प्राप्त पाएका थिए ।
योसँगै दोस्रो चरणमा पहिलो धेरै ल्याएका सिंह र दोस्रो धेरै ल्याएका बडूबीच प्रतिस्पर्धा भएको थियो ।