- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नं. १ को सभापतिमा चण्डीप्रसाद शर्मा पौडेल विजयी भएका छन्। मङ्गलवार भएको मतदानबाट शर्माले प्रतिस्पर्धी खडक थापालाई ४ मतले पराजित गरी क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।
शर्माले ४५४ मतका साथ विजयी हुँदा थापाले ४५० मत ल्याएका थिए । बागलुङ नगरपालिका–९ का पौडेल २०४२ सालको सत्याग्रहमा सहभागी भई राजनीति गतिविधिमा अगाडी बढेका थिए । क्षेत्रीय समितिको सचिवमा पौडेल प्यानलका गोविन्द बहादुर पौडेल गोपाल र जयराम भारी विजयी भएका छन् । बुधवार बिहान सम्पन्न मतगणनामा पौडेलले ७ सय ७२ मत प्राप्त गरेका छन् भने भारीले ४ सय ५३ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी नरेन्द्र कँडेलले ३ सय ७८ मत ल्याएका थिए भने विजय शर्मा अधिकारीले २ सय ३८ मत प्राप्त गरेका थिए । त्यसै गरी सचिवका अर्का उम्मेदवार दिनेश पन्तले ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत अखिल नाथ शर्माले जानकारी दिए ।
सह सचिवमा विष्णुराज पौडेल र गणेश लम्साल विजयी भएका छन् । पौडेलले ५ सय ४४ र लम्सालले ४ सय ८४ मत प्राप्त गरेका थिए । पौडेल र लम्सालका प्रतिस्पर्धी दुर्गा बोहरा र राजन चापागाईँले ३ सय ६६ र ३ सय ४९ मत प्राप्त गरेका थिए । विजयी भएका सबै संस्थापन इतर समूहबाट उम्मेदवार बनेका थिए । क्षेत्रीय सदस्यमा पनि पौडेल प्यानलका उम्मेदवारले चुनाव जितेका छन् । क्षेत्रीय सदस्यमा टुकादेवी शर्मा आचार्य, उमेश केसी, जयबहादुर केसी, लक्ष्मीदेवी सापकोटा, खुमराज पौडेल, गणेशदत्त पौडेल, रिवकली शर्मा, देवबहादुर थापा, शङ्कर शर्मा, शिव आचार्य, चक्रबहादुर खड्का, दिननाथ गौतम, जुनु श्रेष्ठ, पुरन बहादुर शेरबुर्जा, तिल बहादुर नेपाली र होमनाथ शर्मा निर्वाचित भएका छन् । निर्वाचनको मत परिणाम हेर्दा क्षेत्रीय समितिमा संस्थापन इतरको प्यानल नै विजयी भएको छ ।
महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षको वर्चस्व
क्षेत्र न.१ को महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षको वर्चस्व रहेको छ । मङ्गलवार नै भएको निर्वाचनमा संस्थापन पक्ष र संस्थापन इतर दुवैले प्यानल नै खडा गरेर उम्मेदवारी दिएका थिए । बुधवार बिहान सम्पन्न मतगणनामा २६ जना महाधिवेशन प्रतिनिधि मध्य देउवा पक्षका जम्मा ४ जना मात्र निर्वाचित भएका छन् भने अन्य २२ जना पौडेल पक्षकै निर्वाचित भएका हुन्।
निर्वाचित हुनेमा संस्थापन इतर पक्षका जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, प्रकाश शर्मा पौडेल, ओमकार थापा, प्रकाश आचार्य, हरिप्रसाद श्रेष्ठ, शकुन्तला शर्मा, कल्पना पाठक हमाल, पार्वती आचार्य, कमला पराजुली, भगवती शर्मा सापकोटा, उमाकान्त पौडेल, नारायण शर्मा पौडेल, विष्णु पौडेल दारी, बेमकुमारी थापा, वसन्त कुमार श्रेष्ठ, भीम श्रीष, दुर्गादेवी विश्वकर्मा, सिताराम रसाइली र प्रेम बहादुर छन्त्याल हुन । त्यसै गरी संस्थापन पक्षका गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, चम्पादेवी खड्का र चिरञ्जीवी गौतम निर्वाचित भएका छन् । महाधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल, जिल्ला सभापति दीपेन्द्र बहादुर थापा र गण्डकी प्रदेश सांसद कोपिला बोहरा पराजित भएका छन् । केन्द्रीय सदस्य र जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधि पराजित भएसँगै जिल्लामा संस्थापन समूह कमजोर बन्दै गएको देखिएको छ । महाधिवेशन प्रतिनिधिका लागि २५ जनाका लागि ५१ जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नं. २ को भने मतगणना जारी रहेको छ ।