- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा मतगणनाका क्रममा भएको विवाद समाधान नभइ परिणाम घोषणा गरिएकोप्रति स्थानीय नेताहरुले आपत्ति जनाएका छन् ।
उक्त क्षेत्रका सभापतिका उम्मेदवार उद्धव खड्का र नेपाल दरुण दलका पूर्वअध्यक्ष एवम केन्द्रीय महाधिवेशन प्रतिनिधि विनोद प्रकाश कायस्थले एक विज्ञप्ति जनाउँदै मत परिणामलाई निर्वाचन निर्देशिका विपरित रहेको जनाउँदै परिणाम बदरको माग राखेका हुन् ।
उनीहरुले मत गणनास्थलमा केही ब्यक्तिहरुले होहल्ला गरी अवरोध गर्ने प्रयास गरेको, नाराबाजी गरेको र झडप हुने अवस्था आएपछि आफूहरु बाहिरिएको अवस्थामा एकलौटी रुपमा मत गणना गरिएको भन्दै उनीहरुले पुनः मत गणनाको माग राखेका हुन् ।
खड्का र कायस्थले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा २(६)बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवारहरु वा निजको वारेसको रोहवरमा गर्नुपर्छ भन्ने स्पष्ट व्यहोरा हुँदा हुँदै यस भक्तपुर संसदीय क्षेत्र नम्बर १ का मतदान अधिकृतले हामीहरुको कुनै वारेस वा उम्मेदवारको रोहवर नराखी एकपक्षीय ढंगबाट मतगणना गरी एकपक्षीय मत परिणाम घोषणा गरिएको भन्ने व्यहोरा थाहा हुन आएकाले उक्त मत गणनाको परिणाम बदर गरी पुनः मतदान गर्न जोडदार माग गर्दछौं ।’