arrow

कांग्रेस कञ्चनपुर सभापतिमा पदम बोगटीले गरे प्यानलसहित उम्मेदवारी घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
kanchanpur-congress.jpg

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका नेता पदम बोगटीले कञ्चनपुर जिल्ला सभापति पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै कांग्रेस कञ्चनपुरको सचिवमेत रहिसकेका नेता बोगटीले पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा सभामा नेता बोगटीले कांग्रेस कञ्चनपुरको संगठनलाई थप उर्जावान बनाउन र पहिलो पार्टीको रुपमा स्थापित गर्न आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

बोगटीको प्यानलबाट उपसभापतिमा वर्तमान सचिव दिवाकर पाण्डे र वर्तमान कोषाध्यक्ष शंकर चन्द, सचिवमा नेपाल ट्रेड युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष सिद्धराज भट्ट र वर्तमान जिल्ला कार्य समिति सदस्य जनक धामी तथा सहसचिवमा वर्तमान जिल्ला कार्यसमिति सहसचिव पुस्कल चौधरी र जिल्ला कार्यसमिति सदस्य कविराज भट्ट उम्मेदवार भएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरभित्र लोकप्रिय रहेका नेता पदम बोगटीको उम्मेदवारीले कांग्रेस कञ्चनपुरभित्र उत्साह ल्याएको कांग्रेस वृत्तमा चर्चा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ