arrow

संघीय सांसद खनाल महाधिवेशन प्रतिनिधिमा पराजित 

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर ८ बुधबार
satya-narayan-khanal-congre.jpg

कावासोती । नवलपुर क्षेत्र नं १ का संघीय सांसद सत्यनारायण खनाल नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । शेरबहादुर देउवा निकट सांसद खनाल जिल्लामा भने रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जीसी खेमाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार थिए । 

उनी समानुपातिकबाट संघीय सांसद हुन् । खुल्लातर्फबाट १० जनाभित्र उम्मेदवार रहेका खनालले ११ औ स्थानमा चित्त बुझाउनु परेको छ । उनले क्षेत्र नम्बर १ मा खसेको ११ सय ५१ मतमा ४ सय ५४ मत प्राप्त गरेका थिए ।
 
गण्डकी प्रदेशका ११ जिल्लामा कांग्रेस महामन्त्री डा. शशांक कोइराला कांग्रेसबाट एक्ला प्रत्यक्ष निर्वाचित सांसद हुन् । आफूले निर्वाचन जितेकै स्थानबाट कोइरालाले खनाललाई समानुपातिक तर्फबाट संघीय सांसद बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ