arrow

रुकुममा सहमतिमै फेरि सभापति बने ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
prem-dhoj-oli-rukum-west.jpg

रुकुम। नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेम प्रकाश ओली सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेस रुकुमको सातौ जिल्ला अधिवेशनबाट संस्थापन निकट ओली पुनः सभापति बनेका हुन् ।

२०७२ फाुगनमा सम्पन्न छैठौ जिल्ला अधिवेशनमा भने ओली चुनाव जितेर सभापति बनेका थिए। गत सोमबार अधिवेशनको उद्घाटन पछि सहमति मार्फत नेतृत्व चयन गर्ने भन्दै नेताहरु छलफल केन्द्रित भएका थिए । मंगलबार भएको बन्द सत्रले पनि पूर्व राज्य मन्त्री गोपालजी जंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सभापति सहित जिल्ला कार्यसमितिको सहमति निर्वाचन समितिलाई बुझाएको छ ।

सहमति अनुसार पार्टीको उपाध्यक्षमा हर्कसिं खत्री र सुरतजंग मल्ल चयन भएका छन् भने सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् । सहसचिवमा यज्ञ बिष्ट र प्रेमबहादुर खड्का चयन भए।

मनोनित गर्ने प्रावधान रहेको जिल्ला कोषाध्यक्ष पदमा पुनः मोहबिर खड्का दोहोरिने छन् । यसका साथै प्रदेश निर्वाचन क्षेत्र नं. क को सभापतिमा महेन्द्र केसी र ख को सभापतिमा भद्रबहादुर बिष्टलाई सहमति गरिएको छ ।

प्रदेश पदाधिकारी तथा प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको नाम बिहिवार सहमतिबाटै सार्वजनिक गरिने बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ