arrow

कांग्रेस नेताहरुका आफन्त को को भए महाधिवेशन प्रतिनिधि ? 

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
congress-14th-general-convention1117.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । अहिले धमाधम जिल्ला अधिवशन भइरहेको छ । यसबाट महाधिवेशन प्रतिनिधि छान्ने क्रम पनि जारी रहेको छ । 

महाधिवेशन प्रतिनिधि छान्ने क्रममा शीर्ष नेताहरुका आफन्त पनि महाधिवेशन प्रतिनिधि भएका छन् । जसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. आरजु देउवा महाधिवेशन प्रतिनिधि भएकी छिन् ।

देउवाका भाइ र भतिजा पनि महाधिवेशन प्रतिनिधि भएका छन् । भतिजा प्रकाश देउवा (डा.आरजुका स्वकीय सचिव) र भाइ लोकबहादुर देउवा महाधिवेशन प्रतिनिधि भएका छन् । 

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । छोरा चिन्तन बेलायतबाट छनोट हुन बाँकी छ । १३ औं महाधिवेशनमा पनि उनी महाविधेशन प्रतिनिधि भएर आएका थिए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम पनि महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् । 

त्यस्तै पूर्व महामन्त्री प्रकाशमान सिंहका छोरा र श्रीमती महाधिवेशन प्रतिनिधि भएका छन् । उनका छोरा प्रभासमान र श्रीमती सिर्जना महाधिवेशन प्रतिनिधि भएका हुन् । 

त्यस्तै उपसभापति विजयकुमार गच्छदारका छोरा सुवास पनि महाधिवेशन प्रतिनिधि भएका छन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महतकी श्रीमती बिना पनि महाधिवेशन प्रतिनिधि भएकी छिन् । 

केन्द्रीय सदस्य डा. रामशरण महतकी श्रीमती पनि महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् ।

त्यस्तै केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाइहरु कांग्रेसको राजनीतिमा पहिलेदेखि नै सक्रिय छन् । 

स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग महाधिवेशन प्रतिनिधि भएका छन् । खड्काकी श्रीमती शिला केन्द्रीय समितिमै छिन् । 

स्वर्गीय नविन्द्रराज जोशीकी श्रीमती सपना पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । 

त्यस्तै कांग्रेस नेता दीपकुमार उपाध्यायका छोराआशिष शर्मा लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि भएका छन् । 

केन्द्रीय सदस्य मोहन बस्नेतले श्रीमती माण्डवी राणा बस्नेतलाई ल्याउँदैछन् । भोलि निर्वाचन हुँदै छ । 

महाधिवेशन प्रतिनिधि चुनिने क्रम जारी रहेको छ । अन्य नेताहरु पनि आफ्ना परिवारका सदस्यलाई ल्याउन लागिपरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ