arrow

कांग्रेस जिल्ला अधिवेशनः कर्णालीका आठ जिल्लामा सकियो, दुईमा भोलि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
congress-14th-general-convention.jpg

कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांग्रेसले बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । 

कांग्रेसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन भएका छन् । 

कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ । 

कांग्रेस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने बताए ।

उनका अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई–दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्नेछ । 

त्यस्तै दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ ।

प्रदेश अधिवेशन सम्पन्न गर्न कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय समितिसमेत रहेका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई संयोजक तोकिसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ