arrow

ललितपुर कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु को कता ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
congress-14th-general-convention.jpg

ललितपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुरमा सम्पन्न क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि निर्वाचनबाट विजयी भएका क्षेत्रीय सभापति एवम् प्रतिनिधिहरु बहुसंख्यक संस्थापन समूह निकट छन् । 
 
संस्थापन इतर समूह मानिएको रामचन्द्र पौडेल, प्रकाशमान सिंह एवम् कोइराला परिवार समूह कमजोर देखिएको छ । महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षले बलियो रुपमा उपस्थिति जनाएको छ । केही कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी र गगन थापा निकट पनि रहेका छन् । 

ललितपुर क्षेत्र नम्बर १ 
नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सुरन्दरमान थिङ संस्थापन इतर समूहबाट निर्वाचित भएका छन् । उनी कोइराला परिवार निकट छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिका रुपमा मीनकृष्ण महर्जन, उदयशमशेर राणा, रबिन्स शर्मा, विमलचन्द्र विष्ट, गिता पराजुली, मुना अधिकारी, शशी खड्का गुरुङ्ग, पद्मनारायण तिमल्सिना, पुरुषोत्तम सिलवाल, लक्ष्मी कार्की, जगतबहादुर लो, सानुकान्छा मोक्तान, सुरज श्रेष्ठ, धनकुमारी थापामगर, रिजना श्रेष्ठ तुलाधर, सीता वाइबा, उमेशमेहेर कायस्थ, सानोभाइ नेपाली संस्थापन समूहबाट निर्वाचित भएका हुन् । 

त्यस्तै संस्थापन इतरबाट विमल थापा, ऋषिराम घिमिरे, प्रभाकर पोखरेल, मथुराप्रसाद घिमिरे, रामशरण घिमिरे, खोमप्रसाद घिमिरे, रञ्जना घिमिरे, सविता अधिकारी थापा विजयी भएका छन् । जसमध्ये रविन्स शर्मा कांग्रेस उपसभापति विमलेन्द्र निधी निकट मानिन्छन् । 

ललितपुर क्षेत्र नम्बर २ 
ललितपुर क्षेत्र नम्बर २ बाट सभापतिमा निर्वाचित महेश खड्का संस्थापन समूहबाट निर्वाचित भएको भए पनि कोइराला परिवारसँग निकट मानिन्छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित रामकृष्ण चित्रकार, कर्म ब्यञ्जनकार, वासुदेव महर्जन, प्रकाशनन्दन जोशी, बाबुराज महर्जन, फरिन्दा महर्जन, उमा बज्राचार्य, शान्ति लक्ष्मी महर्जन, गणेशकुमार सिलवाल, निगेन्द्रराज शर्मा, ललिता खनियाँ, राधिका खनाल सुवेदी, राजेश महर्जन, सुरेन्द्रलाल श्रेष्ठ, नन्द किशोर शाही, लक्ष्मी श्रेष्ठ, सरु श्रेष्ठ, मोहम्मद मुखिम खान संस्थापन समूह निकट मानिन्छ । 

प्रतिनिधिका रुपमा रिना महर्जन र रञ्जना थापा मगरको बराबर मत आएकाले जिल्ला अधिवेशनपछि गोलाप्रथाबाट टुंगो लगाइने भएको छ ।

त्यस्तै रुद्र शर्मा, चन्द्र महर्जन, प्रेमकृष्ण महर्जन, बाबुराजा चित्रकार, अनन्त प्रकाश श्रेष्ठ, रिशा श्रेष्ठ र बिष्णु बिसुंखे भने संस्थापन इतर समूहका मानिन्छन् । 

ललितपुर क्षेत्र नम्बर ३
ललितपुर क्षेत्र नम्बर ३ बाट सभापतिमा निर्वाचित महेश्वर थापा संस्थापन इतर समूहका हुन् । उनी प्रकाशमान सिंह निकट मानिन्छन् । तर उक्त क्षेत्रमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरु भने संस्थापन पक्षबाट निर्वाचित भएका छन् ।

संस्थापन पक्षबाट जीतजंग बस्नेत, गजेन्द्र महर्जन, चिरीबाबु महर्जन, नवराज महत, मदनबहादुर अमात्य, प्रमोद शर्मा, सुदर्शन घिमिरे, नारायणदेव राणा, उर्मिला केसी नेपाल, किशोर महर्जन, भगवती शाही, वेली डंगोल, निरु खड्का, रमेश अच्छामी निर्वाचित भएका छन् । 

त्यस्तै जितेन्द्रकुमार श्रेष्ठ, भरतलाल न्याछ्यो, ओमकारप्रसाद श्रेष्ठ, ज्योति थापा, गीता सत्याल, धना खतिवडा, मोदती केसी, केदार गोर्खाली, सचिन महर्जन, राज महर्जन संस्थापन इतर समूहबाट निर्वाचित बनेका हुन् । उनीहरुमध्ये धना कृष्णप्रसाद सिटौला निकट छन् भने ज्योति गगन थापा निकट मानिन्छिन् । जितेन्द्र, भरतलाल र राज प्रकाशमान सिंह निकट छन् । अन्य पौडेल–कोइराला निकट मानिन्छन् ।



नयाँ