arrow

फुक्यो विवादको गाँठो

सर्लाहीमा भोलिदेखि कांग्रेसको अधिवेशन, पालिका र जिल्ला भने महाधिवेशनपछि मात्रै 

तेस्रो निर्वाचन अधिकृत पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
congress-14th-general-convention11111.jpg

सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृत आएका छन् । अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृत भरत राउत गए राति सर्लाही आइपुगेका हुन् । उनी विमानबाट जनकपुर हुँदै राति अबेर सर्लाही आइपुगेका हुन् । 

राउतले आज पार्टीका दुवै पक्षका नेताहरुसँग समन्वय गरी वडा स्तरमा मतदान अधिकृतका रुपमा खटिने शिक्षकहरुलाई निर्वाचन प्रक्रिया, केन्द्रीय कार्यालयको निर्देशिका लगायतबारे जानकारी गराउने र भोलि वडा अधिवेशन गराइने बताएका छन् । 

निर्वाचन अधिकृत राउतले अब १४ औँ महाधिवेशनलाई लक्षित गरी वडा, क्षेत्र र प्रदेशको मात्रै निर्वाचन गराइने बताए । पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै गरिने उनले जानकारी दिए । 

सर्लाही कांग्रेसका दुवै समूहका नेताहरुलाई सहमतिमा ल्याएर गत मंगलबार कांग्रेस केन्द्रीय निर्वाचन समितिले सर्लाहीको अधिवेशन गराउन सर्लाही नै घर भएका राउतलाई तेस्रो पटक नयाँ निर्वाचन अधिकृतको रुपमा खटाएको हो । 

यसअघिका दुई जना निर्वाचन अधिकृत दुई समूहको विवादका कारण अधिवेशन गराउन नसकेर फर्किएका थिए । मंगलबार केन्द्रीय पार्टी कार्यालयमा सहमीत गरेर संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्रकुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहका नेताहरु पनि सर्लाही आइसकेका छन् । 



नयाँ