- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा आसन्न महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले आगामी चुनावपछि नेपाली कांग्रेसको एकमना सरकार निर्माण हुने दाबी गरेका छन् ।
विहीबार आसन्न १४औं महाधिवेशनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनका लागि कांग्रेसको एकमना सरकार आवश्यक भएको पनि बताए ।
‘हामी नेपालीले हाम्रो संविधान आफैं बनाएका हौं । त्यसको सफल कार्यान्वयनका लागि एकमना सरकार आवश्यक छ । त्यसैले आगामी चुनावमार्फत कांग्रेसको एकमना सरकार बनाउन आवश्यक छ,’उनले भने ।
वितेको तीन बर्षमा कम्युनिष्ट सरकारले संविधान र संघीयताका कार्यान्वयन गर्न नसकेकाले अब कांग्रेसको नेतृत्वमा एकमना सरकार आवश्यक भएको उनले औल्याए
‘आगामी चुनावमा कांग्रेस बहुमत आउनुपर्छ र एकमना सरकार बन्नुपर्छ’ उनले भने,‘म पार्टीको सभापति भएपछि सोही अनुसारको नीति तथा कार्यक्रम तयार गरेर कांग्रेसको बहुमत दिलाउने छु र एकमना सरकार बन्नेछ ।’