- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कास्की । नेपाली काँग्रेस कास्कीको सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
पार्टीको १४औँ महाधिवेशन अन्तर्गत कास्कीमा १० गते चुनाव हुँदै छ ।
सभापति पदका लागि वर्तमान उपसभापति आइबहादुर गुरुङ, नेता किशोरदत्त बराल, गिरीराज गौतम, निवर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा र वर्तमान सचिव सुदीपमोहन भट्टराईले उम्मेदवारी दिएका छन् ।
वर्तमान सभापति कृष्णबहादुर केसीले पुनः सभापति दोहोर्याउने चर्चा चले पनि उनले उम्मेदवारी दिएका छैनन् । यसै गरी महिला नेतृ सरस्वती गुरुङले उम्मेदवारी घोषण गरेर पनि उम्मेदवारी दिएकी छैनन् ।