arrow

एक जनाले पाँच जनाको मत हाल्न पाउनुपर्ने अडानले मतदान स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
banke-2-neta.png

नेपालगन्ज । नेपाली काँग्रेस बाँके सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ को मतदान भोलि शुक्रवारसम्मलाई स्थगित गरिएको छ । बिहीबार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने समय तालिका थियो । तर, मतदाताहरू मतदान गर्न नपाएर फर्किएका छन् ।

मत हाल्न भेरी प्राविधिक शिक्षालय पुगेका मतदाता निराश भएर फर्केका छन् । दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेताहरू सामान्य कुरामा टसमस नभएपछि निर्वाचन बिहीबार हुन सकेन । 

एक जनाले पाँच जनाको मत हाल्न पाउनुपर्ने रमेश कुमार गुप्ता प्यानलको अडानपछि मतदान अनिश्चित बनेको हो । वीरेन्द्र कुमार शाह प्यानलले भने अशक्त, निरक्षर र अपाङ्गता भएका मतदाताहरूको मत आवश्यकताका आधारमा हाल्ने बाहेक अरू हुन नसक्ने बताएको छ ।

विधानमा भएको व्यवस्थालाई टेक्दै निर्वाचन अगाडि बढाउन शाह प्यानलले भनेको छ । गुप्ता प्यानल भने ५ जनाको मत एकै जना वा त्यो नभए २ जनासम्मको मत एक जनाले हाल्न पाउनुपर्ने अडानमै छ । यस विषयमा सहमति नहुँदा निर्वाचन समितिले भोलि बिहान ९ बजेदेखि मतदान गर्ने गरी मतदान स्थगित गरेको सूचना प्रवाह गरेपछि मतदाता घर फर्किएका छन् ।



नयाँ