arrow

युवा नेता भानु ढकालद्धारा कास्की कांग्रेसको सचिवमा उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
Bhanu Dhakal.jpg

पोखरा । नेपाली काँग्रेसका युवा नेता भानु ढकालले कास्की काँग्रेसको सचिव पदमा उम्मेदवारी दिएका छन् ।

उनले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत कास्कीको सचिवमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा नेता निर्मल प्रसाद कर्माचार्य र समर्थकमा नेता विजय गुरुङ छन् ।

जनता र पार्टी नेता कार्यकर्ताका जस्तोसुकै समस्यामा पनि सक्रिय भएर लाग्ने र समाधान गर्ने उनी दुई दशकदेखि काँग्रेसको राजनीतिमा सक्रिय छन् । 

काँग्रेसका युवा नेता गगनकुमार थापासँग निकै नजिक रहेको उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा हुन् । 

जनज्योति मावि कालिका झाझरमारेमा कक्षा ८ मा पढ्दादेखि नै नेविसंघको राजनीतिमा संलग्न भएका उनी जनप्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पसमा नेविसंघको राजनीतिमा संलग्न थिए ।

पृथ्वीनारायण क्याम्पसमा हुँदा उनी नेविसंघ इकाइमा सदस्य, सचिव र उपाध्यक्ष भएर काम गरे ।

नेविसंघ कास्कीको उपसभापतिसमेत भएका ढकाल नेविसंघ कास्की क्षेत्र नं. १ को सचिव र केन्द्रीय सदस्य पनि भएका थिए । 

काँग्रेसको १३ औँ महाधिवेशनमा काँग्रेस कालिका गाविस समिति सभापतिमा सर्वसम्मत निर्वाचित भएका नेता ढकाल मादी गाउँपालिका वडा नं. ५ को सभापतिसहित गाउँपालिकाको सचिव भएका थिए ।

नेता ढकाल राजा ज्ञानेन्द्रको निरङ्कुश शासनका विरुद्ध, राजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल भ्रमण गर्दा पुत्ला दहन गरेबापत गिरफ्तार भएका थिए ।

उनीसँगै उनका सहोदर दाजु कमलमणि ढकाल र नेता मोहन पण्डित पनि पक्राउ परेका थिए । उनीहरू पक्राउ परेको २३ दिनपछि रिहा भएका थिए । 

साथै उनी ६५ पटकभन्दा बढी गिरफ्तार भएको र ११ पटकसम्म सार्वजनिक मुद्दा खेपेका छन् । 

आफू सचिव भएर पार्टीलाई बलियो बनाउने उद्घोष गरेका छन् । अग्रजलाई सम्मान गर्ने र पार्टीको विरासत फर्काउने आफ्नो सपना रहेको उनले बताएका छन् । 

साथै जनतालाई पार्टीसँग जोड्ने र युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने अभियान सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ