arrow

बाँके १ नम्बर मा ६०१ मत खस्यो, मतगणनाका लागि छलफल चल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
banke-2.JPG

नेपालगन्ज । नेपाली काँग्रेस बाँके सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ मा मतदान सकिएको छ । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न बिहिवार भएको मतदानमा ६०१ मत खसेको मतदान स्थलमा रहेका सहकर्मी सौरभ गिरीले जनाएका छन् ।

६०७ जना मतदाता मध्ये ६ जना अनुपस्थित रहे । मतदान सकिएपछि अहिले मतगणनाका विषयमा छलफल भइरहेको छ । कति बेलादेखि मतगणना सुरु गर्ने र कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको गिरीले बताए ।

क्षेत्र नम्बर १ मा पोषण केसी र माधवराम खत्री नेतृत्वका दुई प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।



नयाँ