arrow

कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलद्धारा सहसचिवमा उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
Nabin sigdel hamrakura.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका प्रवक्ता एवं युवा नेता नवीन सिग्देलले पार्टीको सहसचिव पदमा उम्मेदवारी दिएका छन् ।

उनी वर्तमान जिल्ला सदस्य हुन् । स्पष्ट एवं प्रखरवक्ताका रुपमा परिचित सिग्दलले पार्टीको शुक्रबार हुने अधिवेशनमा सहसचिव पदमा उम्मेदवारी मनोनयन गराएका हुन् ।

सिग्देल कास्की कांग्रेसभित्र लोकप्रिय नेता मानिन्छन् । पार्टीलाई सशक्त ढंगले अघि बढाउने, युवा लक्षित गतिविधि सञ्चालन गर्ने, जनताको मन जित्ने गरी काम गर्ने, बलियो पार्टी निर्माण गर्ने लक्ष्यसहित आफू पार्टीको सहसचिव पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।

साथै उनले पार्टीका युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान हुने गरि सबैको सल्लाह र सुझावका आधारमा अभियान नै सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

सिग्देल नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष पनि हुन् । उनले पोखरामा रहेर लामो समय पत्रकारिता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ