- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गर्ने भनिएको जिल्ला सभापतिको अधिवेशन शनिबार सम्मका लागि सारिएको छ । संस्थापन इतर र संस्थापन पक्षबीच जिल्ला सभापतिका लागि निर्वाचन नगराइ सहमतिको माध्यमबाट टुंगो लगाउनेमा संस्थापन पक्षले जोड गरेपछि बिहीबारदेखि सहमति जुटाउन खोजे पनि अन्ततः सहमति नजुट्दा शनिबार सारिएको स्रोतले जनाएको छ ।
शुक्रबार तोकिएको निर्वाचन किन शनिबारका लागि सारियो भन्ने जिज्ञासामा रुपन्देही जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले भने, ‘सो पार्टीले सहमतिको प्रयास भइरहेको र सहमति जुटाउनका लागि एकदिनको समय मागेकाले समय दिइएको हो ।’
जिल्लाका कांग्रेस नेताहरु सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने विषयमा सहमति जुटाउने प्रयास गरेपनि तर अझैसम्म कसलाई बनाउने भन्ने बारेमा नाम टुंगो लाग्न नसकेको बताइएको छ ।
जिल्ला निर्वाचन अधिकृत घिमिरेले शुक्रबार एक सूचना प्रकाशित गर्दै जिल्लाको निर्वाचन कार्यतालिका संशोधन गरी ११ गतेको लागि सारिएको जानकारी दिएको छ ।