arrow
ADVERTISEMENT

कांग्रेस १४औं महाधिवेशन

काठमाडौं सभापतिमा बानियाँ र कार्की भिड्दै, कसलाई कुन समूहको साथ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
congress-kathmandu-14th.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको नेतृत्वका लागि वर्तमान सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्की मैदानमा उत्रिने भएका छन् । बानियाँले शनिबार लैनचौर ब्यान्क्वेटमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्दै छन् । अर्का उम्मेदवार कार्कीले भने बिहीबार नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।  

काठमाडौं जिल्लाको नेतृत्व चयनका लागि १२ मंसिरमा अधिवेशन हुँदैछ । सो अधिवेशनमा संस्थापन समूह र संस्थापन इतर समूहका बीच प्रतिस्पर्धामा हुने भएको छ । संस्थापन समूहबाट काठमाडौं सभापतिका लागि कार्की मैदानमा उत्रिएका हुन् । उनी उसअघि काठमाडौं २ को क्षेत्रीय सभापति थिए । उनलाई  कृष्णप्रसाद सिटौला समूह (स्थानीय राजनीतिमा भीमसेनदास प्रधानको प्रभाव) को पनि समर्थन छ । 

कार्कीको उम्मेदवारी घोषणा कार्यक्रममा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अम्बिका बस्नेत, काठमाडौं कांग्रेसका पूर्व सभापति भीमसेनदास प्रधान, काठमाडौं ४ का पूर्व क्षेत्रीय सभापति राजु श्रेष्ठलगायत सहभागी थिए । 

यसैगरी हालका सभापति बानियाँ भने इतर समूहबाट सभापतिको उम्मेदवार बन्दै छन् । उनी पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् ।

काठमाडौंको स्थानीय राजनीतिमा बानियाँलाई युवा नेता गगन थापा (कृष्णप्रसाद सिटौला समूह) कोसमेत समर्थन रहने भएको छ ।  

यसअघि १३ औं महाधिवेशनमा भने सभापति शेरबहादुर देउवा समूहको समर्थनमा नै बानियाँ काठमाडौं जिल्ला सभापति बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ