arrow
ADVERTISEMENT

ललितपुरमा गुट भित्रै भिडन्त, सभापतिमा देउवा क्याम्पकै तीन उम्मेदवार

logo
एम गौतम, 
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको क्रममा छ । कांग्रेसको जिल्ला जिल्लामा नेतृत्व चयनको प्रक्रिया धमाधम अघि बढिरहेको छ । अधिवेशनको क्रममा केही जिल्लामा कांग्रेस भित्रको केन्द्रको फरक फरक गुटका बीचमा नै घम्साघम्सी परिरहेको छ भने केही जिल्लामा केन्द्रमा एउटै गुट रहे पनि गुट भित्रै भिडन्त छ । 

ललितपुरमा यस्तै भएको छ । ललितपुर जिल्ला अधिवेशनमा केन्द्रमा संस्थापन निकट रहेका नेताहरु जिल्लामा विभाजित बनेका छन् । ललितपुरमा शुक्रबार जिल्ला सभापति पदका लागि भएको उम्मेदवारी दर्तामा सभापति पदमा जितेन्द्रकुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारको उम्मेदवारी परेको हो । उनीहरु तीनै जना केन्द्रमा सभापति शेरबहादुर देउवा निकट हुन् । 

तर स्थानीय राजनीतिमा भने उनीहरु विभाजित बनेका छन् । ललितपुरमा हालका सभापति मदन अमात्य र पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका नेता उदयशमशेर राणाको स्थानीय गुट छ । केन्द्रमा एउटै गुट भएपनि स्थानीय राजनीतिमा भने उनीहरुले आआफ्नै तर्फबाट सभापतिका उम्मेदवार उठाएका हुन् । 

ललितपुरको सभापतिका लागि उम्मेदवारी दिएका श्रेष्ठ र महर्जन राणासँग निकट छन् भने चित्रकारलाई जिल्ला सभापति अमात्यको समर्थन छ । सभापतिमा एक्लाएक्लै भिड्ने निर्र्णय गरेका उनीहरुले बाँकी टिम भने संयुक्त बनाएका छन् । अर्थात बाँकी पदमा भने उनीहरुको प्यानल संयुक्त छ । 

श्रेष्ठ र महर्जनले एकले अर्कालाई समर्थन गर्न सक्ने अवस्था नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका हुन् । 

उनीहरुबीच पहिलो चरणमा परिणाम नआए दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउनेलाई समर्थन गर्ने सहमतिसमेत बनेको बताइएको छ । 

ललितपुरको नेतृत्व चयनका लागि शनिबार मतदान हुने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ