- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बर्दिया । बर्दियामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षले बहुमत ल्याएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बर्दियामा संस्थापन इतर समूहलाई पछाडि पार्दै बहुमत ल्याएको हो ।
दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नं २ मा संस्थापनको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा प्यानलै जितेको छ । क्षेत्र नं १ मा भने संस्थापन पक्षले क्षेत्रीय सभापतिसहित ५ महाधिवेशन प्रतिनिधि जितेको युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।
क्षेत्र नं २ मा क्षेत्रीय सभापतिमा दीपकजंग शाह निर्वाचित भएका छन् । शाहले पाँच सय ८० मत ल्याउँदा उनका प्रतिष्पर्धी रमनकुमार रेग्मीले २६४ मत ल्याए । महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत अरुणसिंह राठोरले ल्याएका छन् भने दोस्रोमा बढी तिमिल्सिनाले ल्याएका छन् ।
त्यस्तै क्षेत्र नं २ बाट गंगाबहादुर पाण्डे, जंगबहादुर मल्ल, अमानसिंह केसी, विनय रावल, तारा चौधरी, प्रतिमा चौधरी लगायतले महाधिवेशन प्रतिनिधि जितेका छन् ।
क्षेत्र नं १ मा मुक्तिनाथ यादवसहित ५ महाधिवेशन प्रतिनिधि संस्थापनले जितेको छ । क्षेत्र नं २ मा २६ र क्षेत्र नं १ मा सभापतिसहित ६ महाधिवेशन प्रतिनिधि भएपछि संस्थापनको बहुमत देखिएको छ । यो परिणामले बर्दियामा सञ्जय गौतमलाई रक्षात्मक बनाएको छ ।