arrow

धनुषा कांग्रेसमा सात प्रदेश क्षेत्रको नेतृत्व चयन, छ मा सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
congress-14th-general-convention22252.jpg

धनुषा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ । धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिए । चयन भएका नेतृत्वमा क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १ (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भए । 

क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १ (ख) मा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामाले २२५ मत प्राप्त गरी विजयी भएकाछन् । उनका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गरे । धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ । उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित भए । 

क्षेत्र नम्बर २ (ख) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरीले बताए । धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमति मै नेतृत्व चयन भएको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा छेदी राउत र ३ (ख) मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ४ (क) मा योगनारायण यादव र ४ (ख) मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए । 

प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जानकारी दिएका छन् ।

धनुषामा चारवटा निर्वाचन क्षेत्र छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ