arrow

क्षितिज भण्डारीले गरे काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
kshitiz-bhandari-kailali-congress.jpg

धनगढी। नेपाली काँग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी सङ्घका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

नेता भण्डारीले शुक्रवार नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिल्लर नबर ७५३/१७१ लाई साक्षी राखेर आफूले राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव वकालत गर्ने बताए । साथै नेता भण्डारीले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन्।

मलाई कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिले अमूल्य मत दिएर महाधिवेशन प्रतिनिधिमा विजयी गराएका छन्, उनीहरूको विश्वासलाई टुट्न नदिन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हो उनले पत्रकार सम्मेलनमा बताए ।  ’आफूले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भिजन सहितको मिसन बोकेर पार्टीलाई ‘स्मार्ट काँग्रेस’ बनाउन नेतृत्वको अभियान चाल्ने योजना रहेको पनि उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले भने,‘मैले सीमामै उभिएर केन्द्रीय सदस्य उम्मेदवारीको घोषणा गर्नुको कारण प्रवास जानेहरूको पीडा बुझेको र कोरोनाका बेला सीमामा नेपालीहरूले पाएको दुःख देखेका कारण यहीँ क्षेत्र रोजेको हुँ ।’ सीमाबाटै केन्द्रीय सदस्यको घोषणा गरेर नेता भण्डारी कञ्चनपुर हुँदै देश दौडाहामा निस्केका छन् ।
 



नयाँ